• Tuesday 6th of October 2026

रेखा पौडेलले रातो कार्ड पाएर मैदान छाडिन्, नेपाल १० खेलाडीमा सीमित


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

खेलको ५१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छाडिन् । अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गर्नुका साथै मैदानमा पानीको बोतलसमेत फालेका थिए । तनावका कारण केहीबेर खेल रोकिएको थियो । दर्शकहरु रेफ्री आउट भनेर नारा लगाएका थिए ।

मैदानको छेउमा उभिएर सुरक्षाकर्मीले दर्शकहरुलाई शान्त रहन भनेका थिए ।

म्याच कमिसनर लगायतले स्थितीलाई साम्य बनाएपछि खेल फेरि सुरु भएको छ । नेपाली फरवार्ड सावित्रा भण्डारीले दर्शकलाई हात जोडेर शान्त रहन आग्रह गरेकी छन् ।

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा यो खेलको बिजेता फाइनल पुग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖