एजेन्सी । ज्योतिष शास्त्रमा ग्रह र नक्षत्रहरूको ठूलो महत्व छ । यिनैको माध्यमबाट १२ राशिका जातकहरूको भविष्य ज्ञात गर्न सकिन्छ । जब कुनै ग्रह अर्को राशि वा नक्षत्रमा प्रवेश गर्छ, तब यसको शुभ र अशुभ प्रभाव राशिहरूमा पर्छ ।
यस बाहेक, एक ग्रहको गोचरले विभिन्न योग र संयोगहरू पनि सिर्जना गर्दछ, जसले केही राशिहरूका लागि धेरै शुभ फल प्रदान गर्न सक्छ । यस वर्ष धनतेरसमा यस्तै विशेष योग बन्ने भएको छ ।
ज्योतिषका अनुसार, धनतेरसमा त्रिग्रही योग, त्रिपुष्कर योग, इन्द्र योग, वैधृति योग र उत्तरा फाल्गुनी नक्षत्रको महासंयोग बनिरहेको छ । यस कारण केही राशिका जातकहरूको किस्मत चम्कन सक्छ । जानौं ती राशिहरू कुन कुन हुन् ?
कर्कट राशि
धनतेरसमा बन्ने विशेष योग कर्कट राशिका जातकहरूको लागि अत्यन्त शुभ हुने भएको छ । यसले तपाईंको भाग्य चम्काउने र आर्थिक स्थिति मजबूत पार्नेछ । यसको प्रभाव तपाईंको कार्य क्षेत्रमा पनि पर्नुका साथै उन्नति गर्ने अवसरहरू सिर्जना हुनेछ । यदि तपाईं व्यापारी हुनुहुन्छ भने मुनाफा पनि पाउनु हुनेछ । साथै, भौतिक सुख सुविधामा वृद्धि हुने अनुमान छ ।
तुला राशि
तुला राशिका जातकहरूको लागि पनि यो संयोग लाभप्रद हुनेछ । यदि तपाईंले कुनै प्रकारको लगानी गर्नुभएको छ भने, त्यसको राम्रो लाभ प्राप्त हुनेछ, जसले आर्थिक स्थिति अझ राम्रो बनाउनेछ । जमीन जायदादसँग सम्बन्धित मुद्दाहरूमा पनि राम्रो समाचार आउने अपेक्षा गरिएको छ । साथै, तपाईंको कार्यस्थलमा मान सम्मान र पद प्रतिष्ठामा वृद्धि हुनेछ ।
धनु राशि
धनतेरसमा बन्ने यो विशेष योग धनु राशिका जातकहरूको लागि पनि शुभ प्रभाव पार्नेछ । यसले नयाँ आम्दानीका स्रोतहरू खोल्नेछ । यदि तपाईं बेरोजगार हुनुहुन्छ र लामो समयदेखि जागिरको खोजी गर्दै हुनुहुन्छ भने, तपाईंको पर्खाइ अन्त्य हुनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछ । विशेष रूपमा, यदि तपाईंको चाहना सरकारी जागिरको हो भने, त्यो इच्छा पनि अब पूरा हुन सक्नेछ ।
