• Tuesday 6th of October 2026

नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो। रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा बोतलहरू प्रहार गरेका थिए।

पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्‍याएको थियो। त्यसपछि नेपाल टाइब्रेकरमा ४-२ गोलले विजयी भएर फाइनल पुग्यो।

खेल रोकिनुअघि भारत १-० गोलले अगाडि थियो भने नेपाल १० खेलाडीमा सीमित थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖