• Tuesday 6th of October 2026

फ्रान्स गइन् साम्बा


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन्।

फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी साम्बा बिहीबार बिहान त्यसतर्फ लागेकी हुन्।

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा अब व्यावसायिक लिगका लागि फ्रान्स गएकी हुन्।

घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँपटक उपविजेता बनेको छ।

भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन्।

साम्बाले च्याम्पियनसिपको समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन्।

माल्दिभ्सविरुद्धको खेलमा भने साम्बा बेन्चमा रहिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖