• Saturday 28th of November 2026

पिकनिक गएकी किशोरी चार दिन पछि मृत फेला


  • धनकुटा खबर
  • .

चितवन । चार दिनदेखि बेपत्ता भएकी एक किशोरी मृत भेटिएकी छन्। गत सोमबारदेखि चितवनको मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया बिपना चौधरीको शव फेला परेको हो ।

नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन्।

बिहीबार साँझ ६ बजे उनको शव नारायणी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। चौधरी वनभोज खाएर तनहुँको बन्दिपुरबाट समूहमा फर्किदै थिइन्।

फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता भएको उनीसँगै रहेका साथीहरुले बताएका छन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुुरू गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖