• Saturday 28th of November 2026

झापाका एक ब्यक्तिको मलेसियामा मृत्यु


  • धनकुटा खबर
  • .

झापा । झापा कचनकवल– १ घेरावारीका एक व्यक्तिको वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएको छ ।

घेरावारी बनियानीभिट्टाका ४८ वर्षीय रामबहादुर दर्जीको कात्तिक ९ गते मलेसियामा मृत्यु भएको हो ।

विगत ७ वर्षदेखि मलेसियामा काम गर्दै आएका दर्जी रक्तचापका बिरामी थिए ।

उनको शव नेपाल झिकाएर आज स्थानीय जमुना खोलामा अन्त्येष्टि गरिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । मृतकका श्रीमती टङ्कमाया दर्जी तथा दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖