• Wednesday 7th of October 2026

प्रसिद्ध फेसन डिजाइनर रोहित बलको निधन


  • धनकुटा खबर
  • .

मुम्बई । प्रसिद्ध फेसन डिजाइनर रोहित बल (६३) को शुक्रबार निधन भएको छ । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए ।

सन् २०१० मा हृदयाघात भएपछि उनको एन्जियोप्लास्टी पनि गरिएको थियो । सन् १९९६ मा टाइम म्यागजिनले उनलाई भारतको ‘मास्टर अफ फेब्रिक एण्ड फेन्टसी’ भनेर वर्णन गरेको थियो।

रोहित बल सन् २००१ र २००४ मा अन्तर्राष्ट्रिय फेसन अवार्डमा ‘डिजाइनर अफ द इयर’ चुनिएका थिए। फेसन डेभलपमेन्ट काउन्सिल अफ इन्डिया (एफडीसीआई) का अध्यक्ष सुनिल सेठीले भने– रोहितलाई हृदयाघात भएको थियो । हामी सबै स्तब्ध छौँ।

रोहितको सफदरजंग इन्क्लेभस्थित अश्लोक अस्पतालमा उपचार भइरहेको थियो । रोहितलाई शुक्रबार हृदयाघात भएको थियो । डाक्टरहरूले उनलाई बचाउन २ घण्टासम्म कोसिस गरे पनि बचाउन सकेनन् ।

अक्टोबर १३ मा रोहितले दिल्लीको इम्पेरियल होटलमा ल्याक्मे इन्डिया फेसन वीकमा आफ्नो संग्रह ‘कैनाट: ए ब्लूम इन द युनिभर्स’ प्रस्तुत गरेका थिए । यो उनको अन्तिम शो थियो। कार्यक्रमको शो स्टपर अभिनेत्री अनन्या पाण्डे थिइन् ।

रोहितको निधनमा धेरै बलिउड सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् । रोहितको शनिबार साँझ ५ बजे नयाँ दिल्लीमा अन्त्येष्टि गरिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖