• Tuesday 6th of October 2026

लिग-२ मा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ – आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ ।

यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ ।

स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो ।

लिग-२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शीर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौँ स्थानमा छ ।

यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖