• Tuesday 6th of October 2026

इस्पोनियलविरुद्ध बार्सिलोनाको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए । त्यस्तै इस्पोनियलका लागि जाभी पुआडोले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १२ खेलमा ३३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै इस्पोनियलको १२ खेलमा १० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖