• Sunday 29th of November 2026

काठमाडौँबाट छुटेको बस पल्टियो, ३५ जना घाइते


  • धनकुटा खबर
  • .

मकवानपुरमा आज (बुधबार) बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

काठमाडौँबाट महोत्तरीका लागि जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-७ समिडाँडामा पल्टिएको हो।

बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साइडमा पल्टिई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने बाँकी २२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक महोतरी पिपरा गाउँपालिका-२ बस्ने अन्दाजी ३७ वर्षका जयकिशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖