• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको अग्रता, कमलाले घटाइन् मतान्तर


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् । उता, वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी छिन् ।

ट्रम्प २२ राज्यमा विजयको बाटोमा छन् । यी राज्यबाट ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । ह्यारिसले १७९ इलेक्टोरल कलेज भोट प्राप्त गर्न सफल भएकी छिन् ।

ट्रम्पले टेक्ससमा जित्दा ह्यारिसले क्यालिफोनिर्यामा जित हात पारेकी छिन् । राष्ट्रपति बन्न ५३८ इलेक्टोरल कलेज भोटमध्ये २७० मत जित्नु पर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖