• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दोस्रो स्वीङ स्टेटमा पनि जित निकालेपछि ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुग्ने बाटो सहज बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । हिजो भएको अमेरिकाको राष्ट्रपति निर्वाचनको मत परीणाम आउनेक्रम जारी छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको दौडमा छन् । हालसम्मको प्रारम्भिक मत परीणामले ट्रम्प दोस्रो पटक ह्वाइट हाउस पुग्नसक्ने देखिएको बीबीसीले उल्लेख गरेको छ ।

डोनाल्ड ट्रम्पले दोस्रो ब्याटलग्राउन्ड स्टेट जर्जिया पनि जितेका छन्। यससँगै यहाँको १६ इलेक्टोरल मत ट्रम्पको खल्तीमा परेको छ। सन् २०१६ मा ट्रम्पले यो राज्यमा जितेका थिए। तर, २०२० मा उनी यहाँ हारेका थिए। यसपटक फेरि मतदाताले ट्रम्पलाई रोजेका छन्।

यससँगै ट्रम्पले जम्मा २४६ इलेक्टोरल मत जितेका छन्। २७० मतको लक्ष्य अझ उनको नजिक भएको छ।
यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖