• Saturday 28th of November 2026

पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटना, २६ जना घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

सुर्खेत प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको छ । गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । यस्तै केही मध्यम खालको छन् भने केही सामान्य घाइते रहेका छन् ।

सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖