• Wednesday 7th of October 2026

किन चल्यो दीपक र निश्चलबीच ‘फेसबुक जुहारी’ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – निर्देशक, कलाकार तथा निर्माता निश्चल बस्नेतले अभिनेता, निर्माता तथा हल सञ्चालक दीपकराज गिरीबीच फेसबुक जुहारी चलेको छ ।

नेपाली र हिन्दी सिनेमाको शोका विषयमा दीपकले लेखेको स्टाटसविरुद्ध निश्चलले जवाफ फर्काएका हुन् । निश्चलले नेपाली सिनेमा पनि राम्रा हुन्छन् भनेर दिमागले सुरुमै सोच्न सक्दैन भन्दै व्यंग्य गरेका छन् ।

‘कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन । …ले मौका पाएर ठूलो गफ छाडिहालेछन् । नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बढेको बढै छ त भन्दै । हो हजुर हो,’ निश्चलले लेखेका छन्, ‘विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ । त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ, सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ?”

निश्चलले सधैँ नेपाली चलचित्रले प्रमाणित गरिरहनु पर्ने हो, निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो भन्दै प्रश्न गरेका छन् ।

यसअघि दीपकले सिनेमा राम्रो भए आफैँ शो बढ्दै जान्छ भन्दै स्टाटस लेखेका थिए ।

‘प्रायः हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौँ । तर हेरौँ त नगन्य शो बाट सुरु भएको पूर्ण बहादुरको सारङ्गीले आफूलाई कहाँ पुर्यायो ।

दिपकले लेखेका छन्– ‘पहिला १२ गाउँ त्यस्तै, समस्या कहाँ रहेछ त ?’ अर्थात उनकाे सँकेत फिल्म राम्रो नभएकै कारण शो पाउन नसकेको थियो ।

जसले आगो भएका निश्चलले अघि लेखेका छन ् ‘प्रस्ट छ…, विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो । हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो,’ निश्चलले भनेका छन्, ‘विदोशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछी शो घटाइएको हो ।’

निश्चलले चलचित्र बनाइरहेका चलचित्रकर्मीले पनि निर्मातालाई शो बाँडफाँटमा न्याय गर्न नसकेको बताएका छन् । ‘कमसेकम चलचित्र बनाइरहेको ब्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नु भयो । ठिक गर्नुभयो । चिनियो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖