• Monday 5th of October 2026

यी पाँच बानी, जसले सधैँ स्वस्थ रहन मद्दत गर्छ


  • धनकुटा खबर
  • .

साना-साना कुराहरूलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सक्छौँ ।

स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्त्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरबाही भएर आफूलाई बिरामी बनाउँछौँ । यसले सानो कुराले ठूलो समस्या निम्त्याउन सक्छ ।

कहिलेकाहीँ स–साना रोग ठूला रोगको कारण बन्न सक्छन् भन्ने कुरामा गम्भीर बनौँ । अर्थात् केही आधारभूत नियमहरूलाई यदि हामीले बानीको रूपमा विकास गर्न सक्छौँ भने हाम्रो स्वस्थ जीवन बाँच्ने सपना धेरै हदसम्म पूरा हुन सक्छ ।

– हामीले बजारमा पाउने धेरै खानाहरूमा शरीरलाई आवश्यक तत्त्वको कमी हुने गर्छ । त्यस्तै, मिठो स्वाद र रङ्गिन देखिने बनाउन प्रयोग गरिने अखाद्य किसिमका रसायनहरू हुने भएकाले पनि त्यस्ता खानेकुराको नियमित उपयोगले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको हुन्छ ।

कहिलेकाहीँको सेवन बेग्लै कुरा हो तर सकेसम्म आफ्नो निरन्तर खानाको लागि प्राकृतिक खाना तथा फलफूल नै प्राथमिकतामा राख्नुस् । सिजनअनुसारका फलफूल, सागपात, गेडागुडी, आलु, चना, केराउ, आदि नियमितरुपमा उपयोग गर्नुहोस् ।

– मानिसले आफूलाई फिट तथा तन्दुरुस्त राख्न धेरै कडा किसिमका शारीरिक अभ्यास गर्ने गर्छन् । यद्यपि पछिल्ला अनुसन्धानले दैनिक केवल १५–२० मिनेटको को शारीरिक अभ्यास वा हप्तामा २ घण्टाको सामान्य हिँडाइले नै मानिसलाई आफ्नो स्वास्थ्य सन्तुलित बनाउन सहयोग गर्दछ । त्यसकारण समय नहुँदा वा दैनिकको धेरै अभ्यासले तनाव उत्पन्न गराएको छ भने यसो पो गर्ने कि रु

– टक्सिन् भन्ने बित्तिकै अल्कोहलिक पदार्थ तथा धूम्रपानको प्रयोग भन्ने बुझिन्छ तर हामीले नियमित प्रयोग गर्ने चिनीको मात्रा, धेरै चिल्लो पदार्थ तथा बोसोयुक्त खाना, आदिले पनि स्वास्थ्यलाई शरीरमा स्लो पोइजनको काम गरिरहेको हुन्छ । तसर्थ यस्ता खानेकुराबाट सम्भव भएसम्म टाढै रहनु उचित हुनेछ ।

– नियमित ध्यान गर्नाले मानिसको रोगसँग लड्ने क्षमता वृद्धि हुने, मस्तिष्कमा खुसी प्रदान गर्ने किसिमका सेरोटोनिन, एन्डरफिन्स जस्ता मस्तिष्क रसायनहरू उत्पादन हुने, तनाव व्यवस्थापनमा सहयोग गर्ने, सृजनशील बनाउने लगायतका दर्जनौँ फाइदाहरू हुन्छन् । तसर्थ केही समय आफैँभित्रको यात्रामा सामेल भएर पनि आफ्नो जीवनलाई व्यवस्थित बनाउन सक्नुहुन्छ ।

– प्रकृतिको काखमा रमाउन कसलाई पो मन नपर्ला र रु वास्तवमा रिसर्चहरूले के देखाएका छन् भने जति हामी प्रकृतिसँग साक्षात्कार गर्छौँ त्यति नै हाम्रो स्वास्थ्यमा सकारात्मक परिवर्तनको लागि सहयोग गर्छ । हामी भित्रको हार्मोनल सन्तुलनमा समेत काम गर्छ ।

त्यस्तै केही समय घाममा बसेर प्राप्त हुने भिटामिन ‘डि’ ले मोटोपना घटाउने, हार्मोनसम्बन्धी समस्या तथा क्यान्सरसम्म लाग्न नदिने कार्यमा मद्दत गर्दछ । तर धेरै समयमा घाममा रहँदा विकिरणहरूको नकारात्मक प्रभाव पनि पर्न सक्छ, यसमा भने सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖