• Wednesday 7th of October 2026

माग्ने बुढाले साइन गरे ऋषि लामिछानेको कमेडी फिल्म


  • धनकुटा खबर
  • .

काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आगामी एक ‘अनटाइटल’ कमेडी फिल्ममा अनुबन्धित भएका छन् । ऋषि लामिछानेले निर्देशन गर्ने यो फिल्मका लागि निर्मातासँग लिखित सम्झौता भएको छ ।

फिल्मको शीर्षमध्येको भूमिकामा घिमिरेलाई अनुबन्धित गरिएको निर्देशक लामिछानेले बताए । ‘यो रोलका लागि उहाँबाहेक अर्को कलाकार उपयुक्त हुन थिएन’ माग्ने बुढाको कास्टिङबारे निर्देशक लामिछानेले भने ।

‘किस्मत २’ निर्देशनको ८ वर्षपछि लामिछाने निर्देशनमा फर्किन लागेका हुन् ।

यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका मुनाल घिमिरेको यो कमब्याक प्रोजेक्ट हुनेछ । संयोगवश, निर्देशक लामिछाने र निर्माता घिमिरेले ८ वर्षपछि यही फिल्मबाट पुनरागमन गर्दैछन् ।

सामाजिक कथावस्तुसहितको कमेडी शैलीमा फिल्म बनाउन लागिएको जनाइएको छ । माघ–फागुनदेखि छायांकन सुरु हुने फिल्मलाई आरम्भ प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । पटकथा सामीप्य तिमल्सेनाले लेखिरहेका छन् ।

‘स्क्रिप्ट सकिने वित्तिकै छायांकनमा जाने तयारी छ’ लामिछानेले भने । माग्ने बुढाको कुरा गर्दा, उनी यतिबेला सुयोग गुरुङले निर्देशन गरिरहेको फिचर ‘जेरी अन टप’को छायांकनमा ब्यस्त छन् ।

माग्ने बुढा कार्यकारी निर्माता रहेको फिल्म ‘छक्कापञ्जा ५’ अहिले पनि प्रदर्शनरत छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖