• Saturday 28th of November 2026

फोर्स गाडी दुर्घटना : तीन जनाको मृत्यु, २४ जनाभन्दा बढी घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो । गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖