• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले भने पनि म आफ्नो पद छोड्नेवाला छैन : फेड प्रमुख


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का प्रमुख जेरोम पावेलले आफ्नोबारे गरिएका अनुमानमा प्रतिक्रिया दिएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि पावेलको स्थितिबारे अनिश्चितता बढेको अड्कलबाजी तीव्र भइरहेको समयमा उनको प्रतिक्रिया आएको हो ।

ट्रम्प आफैँले उनलाई पद छोड्न भने पनि त्यसो नगर्ने पावेलले बताएका छन् । उनले भने, ‘ह्वाइट हाउसले आफूलाई राजीनामा दिने दबाब दिनु गैरकानुनी हो ।’

ट्रम्प प्रशासनको समयमा अमेरिकी अर्थतन्त्र कुन गतिमा अगाडि बढ्छ वा उनको नीतिले यसलाई कसरी असर गर्छ भन्नु जल्दबाजी हुने पनि पावेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖