• Tuesday 6th of October 2026

भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित


  • धनकुटा खबर
  • .

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने जुडे बेलिङघमले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

रियल म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ । त्यसैगरी ओसासुनाको १३ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖