• Tuesday 6th of October 2026

दक्षिण अफ्रिकासँग भारत पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं ।भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो।

भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ। यस अघि पहिलो खेल भारतले जितेको थियो। अब सिरिजको तेस्रो खेल बुधबार हुने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖