• Tuesday 6th of October 2026

पूजाको कीर्तिमानी शतकसँगै नेपालद्वारा कुवेतलाई विशाल लक्ष्य


  • धनकुटा खबर
  • .

कप्तान पूजा महतोको कीर्तिमानी शतकप्रेरित खेलमा नेपाली यु–१९ महिला क्रिकेट टोलीले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।

युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले कुवेतविरुद्ध २ विकेट गुमाएर २१३ रन जोडेकोसँगै चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो ।

पूजाले कुल ६९ बलको सामना गर्दै १७ चौकाको मद्दतले १३० रन जोडिन् । उनलाई उत्कृष्ट सहयोग गर्ने क्रममा सोनी पाख्रीनले ३३ बलमा ४३ रन जोडिन । उनीहरूबाहेक सावित्री धामीले ११ र साना प्रविनले ६ रनको योगदान दिइन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖