• Tuesday 6th of October 2026

विवाह गर्दै अभिनेता हिमांश कोहली


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता हिमांश कोहली विवाह गर्दैछन्।

सामाजिक सञ्जालमा उनको मेहन्दी समारोहको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक तस्बिरमा उनी हरियो पहिरनमा देखिएका छन्। तर उनले कोसँग विवाह गर्न लागेको भनेर खुलासा गरेका छैनन्।

उनको मेहन्दी समारोहमा नजिक आफन्त र साथीभाइ सहभागी थिए।
उनले ‘यारियां’ बाट बलिउडमा डेब्यू गरेका हुन्। उनले ‘हमसे है लाइफ’, ‘जीना इसीका नाम है’, र ‘रांची डायरीज’ जस्ता फिल्ममा अभिनय गरेका छन्।

उनी पछिल्लो समय २०२३ मा रिलिज भएको म्युजिक भिडिओ ‘भूल जा’ मा देखिएका छन्। यस गीतलाई अरिजीत सिंहले गाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖