• Tuesday 6th of October 2026

डायस्पोरामा पनि उछाल ‘पूर्णबहादुरको सारंगी’, अमेरिकामा शो संख्या ३५० नाघ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ यतिबेला नेपालमा ‘सर्वकालिन ब्लकबस्टर’ बन्ने संघारमा छ । फिल्मले अहिलेसम्मका सबै रेकर्ड भत्काउँदै धेरै कमाउने फिल्मको रेकर्ड राख्ने निश्चित भएको छ ।

फिल्मले स्वदेशमा मात्र होइन, डायस्पोरा बजारमा समेत दर्शकको उल्लेखनीय साथ पाएको छ । विशेषगरि, अमेरिका र अष्ट्रेलियामा फिल्मले उछाल कमाइ गरेको छ । दर्शकको बढ्दो मागअनुसार शो संख्यामा पनि वृद्धि गरिएको निर्माताले जनाएका छन् ।

अमेरिकामा यो फिल्मलाई निर्माता समेत रहेका प्याट्रिक सुवेदीको नेपाल एलेभेन इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो । नोभेम्बर ३ मा अमेरिकामा रिलिज भएको फिल्मको मंगलबारसम्म कूल शो संख्या ३५० नाघेको जानकारी वितरक सुवेदीले जानकारी दिए ।

यो फिल्म टेक्सास राज्यको डालस, अस्टिन, ह्युस्टन, वाको, ओहायोको कोलम्बससहित ४ स्थान, केन्टुकीको लेक्जिङ्टन र लुइसभिले, पेन्सिलभेनिया, म्यासाचुसेट्स, नर्थ ह्याम्सहायर, कनेक्टिकट, नेब्रास्का, आयोवा, इलिनोइस, क्यालिफोर्नियाका बे एरिया र लस एन्जलससहित ४ ठाउँ, ओरेगन, वासिङ्टनमा फिल्म रिलिज भएको छ ।

दुई दिनमै फिल्मले २२४ शोज प्राप्त गरेको थियो जुन कीर्तिमानी रहेको वितरकले जनाएका छन् । नोेभम्बर १७ देखि नेपाली समुदायको बाक्लो बसोबास रहेको मेरिल्याण्डमा फिल्म रिलिज तय भएको छ । नोभेम्बर १७ र २० मा त्यहाँ ४ शो निर्धारण गरिएका छन् ।

क्यालिफोर्नियाको बे एरियामा नोेभेम्बर १० मा ११ शो तय गरिए । फ्रिमोन्ट सिने लाउन्जमा ७ र सिनेमार्क हिलटपमा ४ शो देखाइएको थियो । सोही मितिमा टेक्सासको डालसमा मात्र १५ शो देखाइएको छ । नोभेम्बर १५ मा डेनभर कोलोराडो र एरिजोना राज्यको चान्डलर र फिनिक्ससहित एट्लान्टा, नासभिल, ह्यारिसबर्ग, बफेलो न्यूयोर्क, टेक्सासको शेर्मन र फेर्ट वर्थमा समेत लाग्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖