• Saturday 28th of November 2026

अष्ट्रेलियामा एक वर्षदेखि सम्पर्कविहीन छन् यी नेपाली युवा


  • धनकुटा खबर
  • .

काठमाडौं । बुटवलका बिरबल भण्डारी एक वर्षदेखि सम्पर्कविहीन भएका छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सिड्नी शहरमा बस्दै आएका भण्डारी एक वर्षदेखि सम्पर्कविहीन भएका हुन् ।

भण्डारी एक वर्षभन्दा बढी समयदेखि परिवारसँग सम्पर्कमा छैनन् । बिरबलसँगको सम्पर्क हराएपछि उनका परिवार र साथीहरू चिन्तित भएका छन् र उनलाई खोज्नका लागि स्थानीय समुदायसँग सहयोगको अपिल गरिएको छ ।

यदि तपाईंलाई बिरबलको बारेमा कुनै जानकारी छ भने, कृपया +61 466 651 575 मा सम्पर्क गरेर जानकारी दिनुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖