• Saturday 28th of November 2026

कारको ठक्करबाट दुई जना घाइते, प्रकाश भुजेल नामका चालक फरार


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको शंखरापुरमा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो साढे २ बजेतिर शंखरापुरको इन्द्रायणी पुल नजिकै बा १९ प २६९५ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको हो।

कारको ठक्करबाट दुई जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुई जनालाई शंखरापुर अस्पतालमा लगिएको थियो। त्यहाँबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।

प्रहरीका अनुसार प्रकाश भुजेल नामका सवारी चालक फरार छन्।

अहिले उनको खोजी भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖