• Tuesday 6th of October 2026

विश्वकप छनोटमा अर्जेन्टिनाको हार, ब्राजिल बराबरीमा


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ।

अर्जेन्टिनालाई शुक्रबार बिहान सकिएको खेलमा पाराग्वेले २-१ गोलले पराजित गरेको हो।

अर्जेन्टिनाले अग्रता लिए पनि घरेलु टोली पाराग्वेले दुई गोल फर्काएको हो। ११ मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। तर पाराग्वेका लागि सानाब्रियसले १९ र एल्डिरेटले ४७ मिनेटमा गोल गरे।

ब्राजिललाई भने भेनेजुएलाले एकएक गोलको बराबरीमा रोक्यो। राफिन्हाले ४३ मिनेटमा ब्राजिलका लागि गोल गरेका थिए। तर भेनेजुएलाका गोभीयाले सेगोभियाले ४६ मिनेटमा बराबरी गोल फर्काए।

हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ। अर्जेन्टिनाको ११ खेलबाट २२ अङ्क छ। दोस्रो स्थानको कोलम्बियाको १० खेलबाट १९ अंक छ भने तेस्रो स्थानको ब्राजिलको ११ खेलबाट १७ अङ्क छ। पाराग्वे १६ अङ्क सहित छैटौँ र भेनेजुएला १२ अंक सहित सातौं स्थानमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖