• Tuesday 6th of October 2026

पाँच पटकको विश्वविजेता ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वाधिक पाँच पटकको विश्वकप फूटबल विजेता ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान मोनागासमा भएको खेलमा ब्राजिल घरेलु टोली भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिलले खेलको ४३ औँ मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । तर भेनेजुएला लगत्तै खेलमा फर्कियो । टेलास्को सेगोभियाले पहिलो हाफको अन्त्यमा नै बराबरी गोल फर्काए ।

भेनेजुएला खेलको अन्त्यतिर १० खेलाडीमा सीमित भएको थियो । अलेक्जेन्डर गोन्जालेजले ८९ औँ मिनेटमा कातो कार्ड खाएका थिए । तर यसको फाइला ब्राजिलले उठाउन सकेन ।

यो नतिजापछि ब्राजिल १७ अंकमा तेस्रो स्थानमा उक्लिएको छ । बराबरी नतिजाका बाबजुद उसको विश्वकप छनोट यात्रा लयमा फर्काएको मान्न सकिन्छ । यसअघि लगातार खराब प्रदर्शनका कारण ब्राजिलको विश्वकप छनोट सम्भावना कमजोर बनेको थियो ।

भेजेजुएला १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । दक्षिण अमेरिकाबाट ६ टोली सिधैँ विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖