• Saturday 28th of November 2026

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

डोटी । डोटीको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी पठाइएको छ ।

ठक्कर दिने जिप र त्यसका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖