• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरको मेयरमा माओवादीलाई एकीकृत समाजवादीले सघाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले सघाउने भएको छ ।

त्यसको बदलामा काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने भएको छ ।

दुई दल बिच भएको सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउने छ ।

सो सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖