• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) खेल्ने खेलाउने कार्यमा संलग्‍न एक जना भारतीय नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, भोजपुर जिल्लाका ३२ वर्षीय सोनु कुमार सिन्हालाई काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको साथबाट दुई थान मोबाइल बरामद गरिएको छ। मोबाइल जाँच गर्दा विभिन्न चारवटा अनलाइन बेटिङ साइटमा लगइन गरी नेपाली रुपैयाँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्ने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖