• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

भारतीय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री, तस्बिर सार्वजनिक गर्न रोक


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गरेका छन्।

बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मिश्रीले भेटवार्ता गरेका हुन्। भेटका क्रममा के के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक गरिएको छैन। विगतमा प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको भेटबारे तस्बिरसहित सूचना दिने गरेको थियो । तर मिश्रीसँगको भेटबारे केही सार्वजनिक गरिएको छैन ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् । मिश्री आजै नयाँ दिल्ली फर्किने छन् । प्रधानमन्त्री शाहको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारीका लागि मिस्री नेपाल आएका हुन्।

विदेश सचिव मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖