काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) र नेपा (एकीकृत समाजवादी) बीच दुई ठाउँमा तालमेल भएको छ ।
आज भएको दुई दलका नेताहरुबीचको बैठकले किर्तीपुरको मेयरमा माओवादीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं-१६ को वडाअध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उम्मेद्वार मिनबहादुर मानन्धरलाई सघाउने सहमति गरेको हो ।
दुई दलबीचको उक्त सहमतिपत्रमा माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटाले र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
