एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए समूह १ मा पोर्चुगलले १४ र क्रोएसियाले ८ अंक जोडेको छ।
स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।
६५औं मिनेटमा जोस्को ग्भार्डियोलले गोल गरेपछि क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो। सोही समूहमा स्कटल्याण्डले पोल्याण्डलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलको समाप्तिमा स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।
