• Sunday 29th of November 2026

ट्याक्टर दुर्घटनामा दलबहादुरको मृत्यु


  • धनकुटा खबर
  • .

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाकाे आलिताल गाउँपालिका-२ गांखेत डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो।

सुप प्र ०१००२ त ६३८२ को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए।

उनकाअनुसार डोबरा गाउँबाट दाउरा ल्याउन जंगलतिर जाँदै गर्दा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसको छ। ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल छन्। उनीहरूले हाम फालेकाे बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖