काठमाडौं । सिन्धुपाल्चोकमा बाँदरको आक्रमणबाट ४ जना घाइते भएका छन् ।
बलेफी गाउँपालिका वडा नं.४ को बिन्जेलमा बाँदरको आक्रमणबाट ४ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनालाई काठमाडौं रिफर गरिएको छ ।
केशव नेपाल र जयराम नेपाललाई काठमाडौंको टेकु अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।
