• Saturday 28th of November 2026

निरन्तर बढ्दै छ सुनको भाउ, आज एक हजारले बढ्दै कति पुग्यो तोलाको मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ ।

आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖