• Saturday 28th of November 2026

काठमाडौको माछापोखरीमा दुई युवक मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिका-१६ माछापोखरी बसन्तनगरस्थित क्यासिकल होटलमा एक युवकको शव फेला परेको छ।

प्रहरीका अनुसार नुवाकोट ककनी गाउँपालिका-६ का २८ वर्षीय भोला पाठक बिहीबार उक्त होटलमा मृत अवस्थामा फेला परेका हुन्।

यस्तै, माछापोखरीस्थित मितेरी पुल नजिकैको खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ। हाल उनको नाम, थर र वतन खुल्न सकेको छैन।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖