• Tuesday 6th of October 2026

बराबरीमा रोकियो बार्सिलोना


  • धनकुटा खबर
  • .

काठमाडौँ- लिग लिडर बार्सिलोना ला लिगामा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेल्टाले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको हो । स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो ।

शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । जवाफमा सेल्टा भिगोका लागि ८४ औँ मिनेटमा अल्फान गोल्जालेज तथा ८६ औँ मिनेटमा हुँगो अल्भारेजले गोल गरेका थिए ।

गोन्जालेजले गोल गर्नु दुई मिनेट अघि मात्र मार्क कासाडोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ४-२ ले, एट्लेटिको म्याड्रिडले डेपोर्टिभो ला अल्भासलाई २-१ ले, गिरोनाले इस्पानियोललाई ४-१ ले तथा तथा मालोर्काले लास पल्मासलाई ३-२ ले हराएका छन्। स्पेनिस ला लिगाको तालिकामा बार्सिलोना पहिलो स्थानमा हुँदा एट्लेटिको म्याड्रिड २९ अङ्कसहित दोस्रो स्थानमा छ। रियल म्याड्रिड १२ खेलमा २७ अङ्क सहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖