• Tuesday 6th of October 2026

‘ह्रस्व दीर्घ’ ले ९ दिनमा कमायो ६ करोड ६९ लाख


  • धनकुटा खबर
  • .

नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ ले ९ दिनमा ६ करोड ६९ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।

शनिबारसम्म उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीताले बताइन्।
फिल्मले लगानी सुरक्षित गरिसकेको उनको दाबी छ। भारतमा ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको र केही समय पछाडि थ्रिएटर रिलिज पनि गर्ने नीताले बताएकी छन्।

चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ मा नीता र हरिहरसहित ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ।

कात्तिक ३० गते रिलिज फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖