• Tuesday 6th of October 2026

१३ वर्षीय वैभव सूर्यवंशी बने आईपीएल इतिहासकै कान्छो खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएलको दुई दिने मेगा अक्सन सकिएसँगै बिहारका १३ वर्षीय वैभव सूर्यवंशी चर्चामा आएका छन् ।

बिहारका १३ वर्षीय सूर्यवंशी आईपीएल इतिहासकै सबैभन्दा कान्छो खेलाडी भएका छ न्। १३ वर्ष २४३ दिन पूरा भएका उनलाई राजस्थान रोयल्सले १.१ करोड भारतीय रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

भारतीय यू–१९ टोलीका सदस्य रहेका उनले एक महिना अघि अस्ट्रेलियाले भारत भ्रमण गरेको समयमा पनि पारीको सुरुवात गर्दै शतक प्रहार गरेका थिए ।

३० लाख बेस प्राइस रहेका उनका लागि दिल्ली क्यापिटल र राजस्थानले चासो दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖