• Tuesday 6th of October 2026

ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जीत


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ‌। नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।

दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖