• Tuesday 6th of October 2026

नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ।

‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो । ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् ।

उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. महसुर गुलाटी’को रूपमा दर्शकको मन जितेका थिए ।

ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए । एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖