• Tuesday 6th of October 2026

भोलिका सबै टिकट र भीआईपी पास सकिए, कृपया फोन नगर्नू :पारस


  • धनकुटा खबर
  • .

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो खेलका सबै टिकट र भीआईपी पास सकिएको जनाएको छ । क्यानका महासचिव पारस खड्काले सीमित पूर्वाधारका कारण पहिलो खेलका सबै टिकट र भीआईपी पासहरू सकिएको भन्दै समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै खड्काले शनिबार हुन गइरहेको उद्घाटन खेलका लागि टिकट नभएका खेलप्रेमीलाई टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत् हेर्न पनि अनुरोध गरेका छन् ।

उनले भोलिको पासका लागि फोन वा सन्देश नगर्न पनि अनुरोध गरेका छन् ।

‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो म्याचका टिकट र भीआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ,’ खड्काले लेखेका छन्, ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖