• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित


  • धनकुटा खबर
  • .

कवालम्पुर, १६ मंसीर ।  मलेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् ।  

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म २ लाख भन्दा बढी परिवार बाढीका चपेटामा परेका छन् ।

 

साथै, हालसम्म ३ जनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले जनाएका छन । भारी वर्षा र आँधीहुरी जारी रहेकाले सङ्ख्या बढ्न सक्ने आशंका छ।

 

हजारौं आपतकालीन सेवाकर्मीहरू अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न मद्दत गर्न खटिएका छन भने नयाँ आश्रयस्थल बनाएर उनीहरूलाइ राख्न सुरू गरिएको छ ।

स्थानिय समाचार संस्थाले सार्बजनिक गरिएका भिडियोहरूमा कार र घरहरू डुबेको देखिन्छन भने पीडित मानिसहरू कम्मरसम्मको गहिरो पानीबाट हिंडिरहेका देखिन्छन् ।

 

यस हप्ताको सुरुमा आएको बाढी मुख्यतया थाइल्याण्डको सिमानामा पर्ने उत्तर–पूर्वी राज्य केलान्तानमा केन्द्रित रहेको छ। जहाँ राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले कुल संख्याको ६३ प्रतिशत निर्वासित भएको गणना गरिएको छ। प्रकोप एजेन्सीले प्रभावितहरूको लागि ६७९ आपतकालीन

आश्रयहरू स्थापना गरेको छ।  हालसम्म ती विस्थापितहरूको संख्या सन २०१४ को भन्दा बढी रहेको जनाइएको छ, जसले सबैभन्दा खराब बाढी देख्यो।

 

मलेसियाका स्थानिय समाचार संस्थाका अनुसार तेरेङ्गगानु, केदाह, नेगेरी सेम्बिलन, पेर्लिस, सेलांगर, जोहोर, मेलाका र पेराक नामका क्षेत्र पनि प्रभावित हुन पुगेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार तेरेन्गानु र केलान्तान राज्य सरकारहरूलाई विपद् व्यवस्थापनका लागि प्रावधानहरू पठाइएको छ। आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई विदामा जान रोक लगाएर उनले विपत्तिमा ध्यान केन्द्रित गर्न यसअघि नै निर्देशन दिएका थिए ।

 

उता, छिमेकी थाइल्याण्डका ६ वटा प्रान्तले पनि प्रकोप घोषणा गरेका छन् र बाढीले २ लाख ४० हजार भन्दा बढी घरहरूलाई असर गरिरहेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। खाँचोमा परेकालाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖