• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

चीनमा विश्वको सबैभन्दा ठूलो सुन भण्डार फेला


  • धनकुटा खबर
  • .

चीनको हुनान प्रान्तको पिङ्जियाङमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको छ। त्यसकाे मूल्य अनुमानित ८३ अर्ब डलरभन्दा बढी रहेको छ।

थ्रीडी मोडलिङ र ड्रिलिङको आधारमा चिनियाँ वैज्ञानिकहरूले ४० भन्दा बढी सुनका खानी पत्ता लगाएका छन्।

चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश हो। चीनले २०२३ मा विश्वको कुल उत्पादनमा १० प्रतिशत हिस्सा ओगटेको छ।

चीनको सुन भण्डार २,२६४ टन रहेको छ, जुन विश्वको छैटौँ धेरै हो। अमेरिका ८ हजार १३३ टनका साथ सुन भण्डार गर्ने देशहरुको सूचीमा पहिलो स्थानमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖