• Monday 5th of October 2026

जाडोमा जोर्नीको दुखाइ कम गर्न के गर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । जाडो मौसममा कतिपयलाई जोर्नीको दुखाइको समस्या बढ्छ । जोर्नीमा एक किसिमको तरल पदार्थ हुने गर्दछ । जसलाई ‘साइनोभियल फ्लुड’ भन्ने गरिन्छ ।

‘साइनोभियल फ्लुड’ जाडोयाममा रगत बाक्लो भएपछि बाथरोग लागेको मान्छेलाई हातखुट्टा चलाउँदा बढी पीडा हुने कन्सल्टेन्ट फिजिसियन डा. डा. रोशन कुमार झा बताउँछन् । ‘जोर्नीहरू कडा भएर आउने, हिँड्न गाह्रो हुने, दुख्ने, सुन्निनेजस्ता समस्या देखा पर्छ,’ उनी भन्छन्, ‘जाडो याममा फोक्सो, मुटु, बाथ रोगदेखि लिएर छाला सम्बन्धी समस्या देखिन्छ ।’

जाडो मौसममा जोर्नी दुख्ने अन्य विभिन्न कारण पनि हुन सक्छन् । यस्ता दुखाइहरू प्रायः हड्डी, मांसपेशी, जोर्नी र स्नायु प्रणालीसँग सम्बन्धित समस्याले पनि हुनसक्ने उनी बताउँछन् । जाडोमा जोर्नीको पीडा कम गर्न सकिने उपाय:

–जोर्नीमा मन तातो पानी बोतलको सहयोगले मांसपेशीलाई सेक्न सकिन्छ । यसले आराम पुर्‍याउँछ र रक्त प्रवाहलाई बढाउँछ, जसले पीडा कम गर्न मद्दत गर्छ ।

–हट प्याड प्रयोग गर्दा जोर्नीमा राहत हुन्छ । तर हट प्याड प्रयोग गर्द अत्यधिक तातो हुनुहुँदैन ।

–जाडो मौसममा लामो समयसम्म बस्नुभन्दा शरीरलाई हल्का–फुल्का व्यायाम गर्ने प्रयास गर्नु पर्दछ । यसले रक्त प्रवाहमा सुधार ल्याउँछ र जोर्नीको लचिलोपन बढाउँछ ।

–जाडोयाममा शरीरको तापमान जति बढाउन सकिन्छ, जोर्नीको पीडा त्यति नै कम हुन्छ । जाडोमा शर्ट, ज्याकेट, मोजा, पन्जा लगायत शरीर तातो हुने कपडा लगाउनु पर्दछ । यसले जसले जोर्नी र शरीरको अन्य भागलाई तातो राख्न मद्दत गर्दछ । जोर्नीमा राहत हुन्छ ।

–जाडो मौसममा पानी पिउनामा भुल्नु हुँदैन । हाइड्रेशन पर्याप्त नभएर मांसपेशी र जोर्नीमा दुखाइ हुन सक्छ । शरीरलाई पर्याप्त पानीको आवश्यक पर्छ । त्यसैले पानीसँगै तातो झोलिलो खानेकुरा खानु पर्दछ ।

–शरीरको थकान र तनावले पनि जोर्नीको दुखाइ बढाउन सक्छ । त्यसकारण आरामको पनि आवश्यक पर्दछ ।

–यदि जोर्नीको दुखाइ अत्यधिक र लगातार भएमा चिकित्सकको सल्लाह तथा स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖