• Tuesday 6th of October 2026

त्रिवि क्रिकेट मैदानभित्रै एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपिएल०का खेल जारी रहँदा त्यसमा सट्टेबाजी खेलाउन भारतीयहरू नेपाल आइरहेको खुलेको छ।

प्रहरीले अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कलकत्ता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुन धोष, उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र सोही ठाउँका ३० वर्षीय ब्रजेश कुमार रहेका छन्।

उनीहरूलाई दुई दिनअघि ब्युरोको टोलीले क्रिकेट मैदान कीर्तिपुरबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूले मंसिर १५ गतेदेखि जारी एनपिएलमा सट्टेबाजी खेलाइरहेका थिए।

उनीहरूले स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुने गरी मैदानभित्रैबाट सट्टेबाजी खेलाइरहेका थिए।

त्रिवि क्रिकेट मैदानमा एनपिएलका खेल अहिले पनि जारी छ। उक्त खेलहरूमा सट्टेबाजी खेलाउने भारतीय गिरोह नै सक्रिय रहेको अनुमान प्रहरीको छ।

प्रहरीले अन्य सट्टेबाजहरूको खोजी गरिरहेको छ। पक्राउ परेकालाई सट्टेबाजी गराउन नपाइने कसुरमा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖