• Tuesday 6th of October 2026

काठमाडौंविरूद्ध शिखर धवनको अर्धशतक


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सका ओपनिङ ब्याटर शिखर धवनले अर्धशतक प्रहार गरेका छन्।

काठमाडौं गुर्खाजविरूद्ध धवनले ४२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक प्रहार गर्न ३ चौका र ३ छक्का प्रहार गरे।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभरमा १४१ रन बनाउँदा ५ विकेट गुमाएको छ।

कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।

चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।

बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।

काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖