• Tuesday 6th of October 2026

कर्णाली याक्सले दियो काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।

कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे ।

यसअघि अर्जुन घर्तीले ४, गुल्शन झा १२, बाबर हायत १३, च्याडविक वाल्टन २१ र देव खनाल शून्यमा आउट भए ।

काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा करण केसी, नाथन सोटर र दीपेश कंडेलले १–१ विकेट लिए ।

टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖