काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ४६ रनमा आउट भएका हुन् ।
उनलाई विराटनगरका राजेश पुलामीमगरले आउट गरेका हुन् । यसअघि अर्जुन साउद १७ र आशुतोष घिरैया १५ रनमा आउट भएका थिए ।
टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।
